सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमालद्धारा जन्मदिनमा वेसहारालाई आर्थिक सहयोग

२०७६ जेठ १६, १२:०१ खबर संवाददाता

सुन्दर सुदूरपश्चिमका अभियान्ता एवम दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक गोपाल हमालले जन्म दिनको अवसरमा वेसहारालाई आश्रय दिदै आएका संस्थालाई आर्थिक सहयोग गरेका छन्। हमालले वेसहारा नागरिकलाई संरक्षण दिदै आएका धनगढीको मानव सेवा आश्रम, दृष्टि फाउण्डेसन र बौनियाको साहारा घरलाई सहयोग स्वरुप ११/ ११ हजारका दरले ३३ हजार प्रदान गरेका हुन्। हमालले संस्थामै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। मानव सेवामा सर्मपित तीन वटै संस्थामा आश्रय लिएर बस्दै आएका वेसहाराको सहयोगार्थ उक्त रकम हस्तान्तरण गरिएको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस