कञ्चनपुरको एक घरमा आगलागी
२०८१ जेठ १८, ०९:१८
कञ्चनपुरः कञ्चनपुरमा एक घरमा आगलागी भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१४ शान्तिटोलस्थित धनबहादुर विकको भान्सा घरमा आगलागी भएको हो। आगलागीबाट नजिकै रहेको २ तले कच्ची घरमा समेत आगलागी भएको छ।
आगलागीबाट तीन लाख बराबरको क्षति भएको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस