सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको जम्मुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

२०८१ जेठ १७, ०७:०० खबर संवाददाता

एजेन्सीः भारतको जम्मुमा बस दुर्घटना भएको छ। बिवखोडी धामतर्फ गइरहेको यात्रु भरिभराउ रहेको एक बस भिरबाट खसेको हो।

सो दुर्घटनामा अहिलेसम्म २१ जनाको मृत्यु भएको बताइएको छ। बसमा करिब ७५ जना यात्रु सवार थिए। अरू ४० यात्रु घाइते भएका छन्। यीमध्ये २० जनालाई जीएमसी जम्मुमा रिफर गरिएको छ।

प्रहरी र स्थानीय बासिन्दाहरूले बचाउ अभियान चलाइरहेका छन्। भिरबाट उद्धार गरिएका घाइतेहरूको अखनूर उपजिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई जम्मु मेडिकल कलेज पठाइएको छ। बसको नम्बर प्लेट उत्तर प्रदेशको भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस