सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन

२०८१ जेठ १७, ०६:३४ खबर संवाददाता

धनगढी : धनगढीमा बिहिवारको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस नाघेका छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहिवार साँझ धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो।

बुधवार धनगढीको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो। १६ जुन, सन् १९९५ मा कैलालीमा सबैभन्दा बढी अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री मापन भएको तथ्यांक रहेको छ। गर्मी अत्यधिक बढेपछि कैलालीको जनजीवन कष्टकर बनेको छ। केही दिनयता तातो हावा चल्न थालेको छ।

 

कमेन्ट लोड गर्नुस