सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकै दिन दुई जना मृत फेला

२०८१ जेठ १७, ०४:३३ खबर संवाददाता

धनगढीः कैलालीमा बिहीवार (आज) एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरका ३२ वर्षीय संजय रानालाई धनगढी–३ वडारा स्थित जंङ्गलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। राना यही जेठ १२ गतेबाट बेपत्ता रहेका थिए।

यस्तै बैतडीको दथरथचन्द नगरपालिका–६ का अन्दाजी ५७ वर्षीय करनबहादुर धामी कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक मृत अवस्थामा फेला परेका हुन। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस