सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

२०८१ जेठ १७, ०१:२७ खबर संवाददाता

धनगढी : धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ। धनगढीमा गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २२ दिन विदा दिएको हो।

क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गतेदेखि असार १० सम्म गर्मी बिदा दिइएको जनाएको छ। क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टले जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुला रहने उल्लेख छ।

 

कमेन्ट लोड गर्नुस