सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपालको दोहोरो भूमिका देखियो: मन्त्री भण्डारी

२०८१ जेठ १७, ११:५४ खबर संवाददाता

धनगढी : नेकपा एमालेका नेता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका छन्।

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालले अहिले काङ्ग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका हुन् । उनले यस्तो दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने बताए। ‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम् उहाँलाई नै क्षति पुराइ रहेको छ । उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ’ उनले भने, ‘सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ। ’

मन्त्री भण्डारीले यस्तो अवस्था अब धेरै समय नरहने बताएका थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन् । तर,उनको सरकारमा एमाले अझै सहभागी भएको छैन । मन्त्री भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताए । ‘त्यो प्रवृत्ति लामो समय सम्म रहँदैन। छिटै त्यसको निरूपण हुन्छ त्यही कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन्’ उनले भने ।

कम्युनिस्ट भएर पनि अग्रगामी पक्षधरताहरूको राजनीतिक शक्तिहरूसँग नमिलेको भन्दै उनले नेपालको आलोचना गरेका थिए । ‘संसद्मा रहेका माननीयहरूको लिगेसिका हिसाबले पनि कम्युनिस्ट पार्टी भनिराख्नुहुन्छ । कम्युनिस्ट पार्टीको लामो समय सम्मको यात्रा पनि उहाँले गर्नु भएको छ । तर, अग्रगामी पक्षधरताहरूको राजनीतिक शक्तिहरूको सहकार्यमा उहाँ किन विचलित हुँदै हुनुहुन्छ’ उनले भने, ‘उहाँ सत्तामा रहिरहने प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने कुरा उचित होइन । उहाँको ती प्रवृत्तिगत कुराले यहाँको सरकारले पूर्णता पाउने कुरामा समस्या पैदा भइरहेको छ । उनले २४ दिनमै सरकारले पूर्णता पाउने दाबी गरे ।

मन्त्री भण्डारीले अहिलेको बजेटले आशा र सम्भावना देखाएको जिकिर गरे । ‘बजेट कार्यान्वयन नहुने समस्या थियो अहिले बजेट कार्यान्वयन गर्ने पहिलो प्राथमिकता रहेको छ’ उनले भने ‘यसले आसा र सम्भावना देखाएको छ ।’

कमेन्ट लोड गर्नुस