कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८१ जेठ १७, ०८:२६
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाट, दोधारा चाँदनी नगरपालिका– ७ कञ्चभोज र पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख २७ हजार ५सय बराबरको सुटपिस, पेय पदार्थ, पापड, पानीपुरी, पास्ता, नरिवल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।




कमेन्ट लोड गर्नुस