सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक

२०७६ जेठ १५, ०६:५४

सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट सर्वाजनिक गरेको छ। आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि अर्थमन्त्री डा.युवराज खतिवडाले सो बजेट सार्वजनिक गरेका हुन्। १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२ दशमलव ४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६ दशमलव ६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको हो। 
सरकारले यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। भने हवाइ क्षेत्रमा १५ अर्ब ८५ करोड रुपैयाँ, यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड, युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले ऊर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
श्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य सरकारले लिएको छ। त्यसै गरी बैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख उठाउने लक्ष्य लिइएको छ। कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड रुपैयाँ, महिला वालिका तथा ज्येष्ठ नागरिकहरुका लागि ७८ करोड रुपैयाँ, सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ, भूमिसुधार तथा सहकारी ७ अर्ब ६९ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ। 
पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड रुपैयाँ, औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड रुपैयाँ, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कमेन्ट लोड गर्नुस