सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट शैक्षिक भ्रमणमा गएको बस बर्दियामा दुर्घटना

२०८१ जेठ १६, ०५:०६ खबर संवाददाता

बैतडीः बैतडीको मेलौली नगरपालिकाबाट शैक्षिक भ्रमणको लागि गएको बस बर्दियामा दुर्घटनामा परेको छ।

मणिलेक नमुना माविबाट शैक्षिक भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधवार बिहान ५ः४५ बजेतिर दुर्घटनामा परेको हो। बर्दियाको पूर्ब पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तुल्सीराम अर्यालले बताए।

सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। दुर्घटनामा परी १३ जना घाईते भएका छन्। घाईते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भईरहेको जनाएको छ। बसमा ४२ जना सवार रहेको थिए। 
 

कमेन्ट लोड गर्नुस