सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला र अछाममा विमानस्थल बनाउन बजेट विनीयोजन

२०७६ जेठ १५, ०६:४५ खबर संवाददाता

संघीय सरकारको बजेटमा सुदूरपश्चिमका दुई जिल्लामा विमानस्थल बनाउने योजना परेको छ। दार्चुलाको गोकुलेश्वर र अछामको कमल बजारमा  विमानस्थलको निर्माणको प्रक्रिया अगाडी बढाउन बजेट विनियोजन गरेको हो।  यस्तै धनगढी विमानस्थललाई स्तरोन्नती गर्ने योजना समेत बजेटमा परेको छ।

तर विमानस्थल सञ्चालनका लागि चरणवद्ध आन्दोलनमा रहेका कञ्चनपुरवासीले मझगाउँ विमानस्थल बजेटमा समावेश नभएपछि आपत्ती जनाएका छन्। सुदूरपश्चिमका पहाडी ७ जिल्लामा अछामको साफेवगर विमानस्थल र बाजुराको कोल्टी विमानस्थलमा उडान हुँदै आएको छ। बैतडीको पाटन र डोटीको दिपायल विमानस्थल निर्माणको कार्य बर्षौदेखि पुरा हुन सकेको छैन्। 

सूचना संकलनमा भएको क्रुटीका कारण  यसअघि डडेल्धुराको तुफानडाँडामा पनि  विमानस्थल निर्माण हुने भन्ने  समाचार सम्प्रेषण हुन गएकोमा क्षमाप्रार्थी छौँ। – सम्पादक 

कमेन्ट लोड गर्नुस