सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको लालपुर बजारमा आगलागी

२०८१ जेठ १६, ०४:३५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आगलागी भएको छ।

लालपुर चौराह नजिकै रहेको एउटा सटरमा आगलागी भएको हो। उक्त सटरबाट अन्य सटरहरुमा समेत आगो फैलिसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए।

आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ। अहिले एउटा दमकलसहित स्थानिय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए। घटनाको बारेमा पुर्ण जानकारी आउन भने बाँकी छ।

कमेन्ट लोड गर्नुस