सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरीयालाई मेगासिटी बनाउने योजना

२०७६ जेठ १५, ०६:३७ खबर संवाददाता

संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गरेका छन् । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख रहेको छ ।
विगतका बर्ष जस्तै यो बर्ष पनि सुदूरपश्चिमका अधिकासं पुरानै योजना समेटिएको छ भने केहि नयाँ योजना समेत परेका छन्। धनगढी र अत्तरियालाई मेगासिटीका रुपमा विकास गर्ने कार्यलाई अघि बढाउन बजेट विनियोजन गरिएको छ। धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका जोडेर महानगर बनाउने विषयमा चर्चा चलिरहेका बेला मेघासिटीको योजना संघीय बजेटमा परेको हो। 
 

कमेन्ट लोड गर्नुस