कञ्चनपुरबाट झन्डै तीन लाखको अवैध सामान बरामद
धनगढी : कञ्चनपुरबाट झन्डै तीन लाखको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार २ लाख ७२ हजार तीन सय ७० को भन्सार छलीको सामान बरामद गरिएको हो।
जिल्लाको बेलौरीबाट एक लाख पाँच हजार नौ सय, दोधाराबाट ११ हजार, बेलडाँडीबाट २४ लाख सात सय ५०, त्रिभुवन बस्तीबाट ५४ हजार, शंकरपुरबाट २७ हजार एक सय ८०, भुडाबाट चार हजार आड सय ४० र परासनबाट ४४ हजार सात सयको भन्सार छलीको सामान बरामद गरिएको हो। प्रहरीले एक थान मोटरसाइकल, एक थान साइकल, चिनी, बिडी, सुर्ती, किट्नाषक औषधी, बिस्कुट, जार र हार्डवेयरका सामानहरू बरामद गरेको हो। प्रहरीले भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार, कार्यालय पठाएको छ।