सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसदलाई ६ करोडका दरले रकम विनियोजन

२०७६ जेठ १५, ०६:३०

संघीय सांसदहरुलाई सरकारले ६/६ करोडका दरले रकम विनियोजन गरेको छ। विकासमा सांसदहरुको सहभागिता गराउने भन्दै ६ करोडका दरले रकम विनियोजन गरिएको हो। संघीय संसदको बुधबारको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री डा.युवराज खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड विनियोजन गरेको जानकारी दिए। 
चालु आर्थिक वर्षको बजेटमा प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए । 

कमेन्ट लोड गर्नुस