गौरीगंगा घर भएका एक जना कञ्चनपुरमा मृत फेला
कञ्चनपुरः कैलालीको गौरीगंगा घर भएका एक जना कञ्चनपुरमा मृत अवस्थामा फेला परेका छन्।
गौरीगंगा नगरपालिका–१ का ६२ वर्षीया सब्रा चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका–७ परासनस्थित नारायण रानाको उखुबारीमा तीन वर्षदेखि काम गर्दै आएका चौधरी मृत अवस्थामा फेला परेका हुन्।
रानाको उखुबारीमा चौकीदारीको काम गर्दै आएका चौधरीको पुनर्वास नगरपालिका–९ ख गाउँ बस्ने चौधरी मृत अवस्थामा फेला परेपछि यस विषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट अनुसन्धान भइरहेको छ।