सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई लाख बढीको अवैध सामान बरामद

२०८१ जेठ १६, ०७:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ नकैया, पुनर्वास नगरपालिका–६ ‘ङ गाउ, लालझाडी गाउँपालिका–३ बल्मी र बेलडाँडी गाउँपालिका–५ मसानघाटबाट २ लाख ११ हजार ८ सय ३० बराबरको हार्डवेयरको सामान, किरानाको सामान, बिजुलीको सामान, पेय पदार्थ, सुर्ती, अण्डा, नमकिन, पानी चिसोराख्ने जार, एक थान मोटरसाइकल लगायतका अबैध सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

कमेन्ट लोड गर्नुस