सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबण्डा बजेट करिब ७६ अर्ब

२०८१ जेठ १५, ०९:४२

काठमाडौँ : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ विविध शीर्षकमा करिब  ७६ अर्ब बराबर विनियोजन गरेको छ।

कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम रु७५ अर्ब ९५ करोड तीन लाख बराबर छ। सरकारले आगामी आवका लागि  १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो। 

अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन।
 

कमेन्ट लोड गर्नुस