सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले खारेज गर्यो आलु, प्याज र स्याउमा लागेको मूल्य अभिवृद्धि कर

२०८१ जेठ १५, ०५:३३ खबर संवाददाता

धनगढी : नेपाल सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।

सङ्घीय संसदको संयुक्त बैठकमा मङ्गलवार अर्थ मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१(८२ को बजेट प्रस्तुत गर्ने क्रममा आलु, प्याज र स्याउमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरिएको बताएका हुन।

यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने सरकारको विश्वास छ।

मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गरिने समेत सरकारले बजेटमार्फत् बताएको छ। नेपाल सरकारले मङ्गलवार २०८१÷०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट सार्वजनिक गरेको छ।

 

कमेन्ट लोड गर्नुस