सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा डढेलो निभाउने क्रममा घाईते भएकी महिलाको मृत्यु

२०७६ जेठ १५, ०३:३५ खबर संवाददाता

डोटीमा डढेलो निभाउने क्रममा घाईते भएकी एक महिलाको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिकाको प्रस्तावित सालगैरा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाईते भएकी सरस्वती नगरकी ३६ वर्षीय दुर्गा साहुको सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले आगोले जलेर घाईते भएकी साहुको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। 
 
 

कमेन्ट लोड गर्नुस