सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुइ पुरुष मृत अवस्थामा फेला

२०८१ जेठ १५, ०९:०९ खबर संवाददाता

 कञ्चनपुरः कञ्चनपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

सोमबार जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भीमदत्त नगरपालिका–९ ब्रमदेबस्थित ससुराको घरमा बस्दै आएका ४० वर्षीय सिद्ध ओड ट्याक्टरको ट्राली मुनि मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्लामा ठेगाना नखुलेका करिब ३० वर्षीय कोमोदी नाम गरेका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। बेहोस अवस्थामा फेला  परेका कोमोदीलाइ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्समा प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी पुगाउँदा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।

कमेन्ट लोड गर्नुस