सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध मुुद्धामा फरार रहेकी एक युवतीसहित दुुई जना पक्राउ

२०८१ जेठ १४, ०९:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषध मुुद्धामा फरार रहेकी एक युवतीसहित दुुई जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगररपालिका–१३ बुद्दचोकबाट अवैध लागुुऔषध खैरो हेरोइन २ सय ८० मिलिग्राम र चरेस २ सय ६० मिलिग्रामसहित २ जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा शुक्लाफाटा नगरपालिका–१ बन्साहकी २३ वर्षीया यसोधा राना र कैलालीको गोदावरी नगरपालिका–२ का २२ वर्षीय राजु औजी रहेका छन्।

जिल्ला अदालत कञ्चनपुरले रानालाई २०८० जेठ ५ गते लागुऔषध मुद्दामा पक्राउ आदेश जारी गरेको थियो। फरार रहेकी रानालाई पक्राउ गर्ने क्रममा उनकै कोठाबाट उक्त लागुऔषधसहित राजुलाईसमेत पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस