सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवादित बनेको सामाजिक विकास मन्त्रालयको औषधी खरिदको टेण्डर फेरी रद्द

२०७६ जेठ १५, ०२:२६ खबर संवाददाता

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले निःशुल्क औषधी खरिदका लागि अघि बढाएको टेण्डर प्रक्रिया तेस्रो पटक पनि रद्द गरिएको छ। मन्त्रालयले औषधी खरिदका लागि यसअघि दुई पटक आह्वान गरेको टेण्डरमा सारभुत रुपमा प्रभावग्राही नभएको भन्दै बोलपत्रहरु अस्वीकृत गरिएकोमा फेरी पनि प्रक्रिया रद्द गरिएको हो। सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमालले औषधी खरिदका लागि पछिल्लो पटक आह्वान गरेको टेण्डरमा परेको बोलपत्र पनि सारभुत रुपमा प्रभावग्राही नदेखिएकाले अस्वीकृत गर्दैै खरिद प्रक्रिया नै रद्द गरिएको जानकारी दिए।

सचिव हमालले अब औषधी खरिदका लागि छुट्याईएको बजेट सोझै सम्बन्धीत जिल्ला स्वास्थ्य कार्यालयलाई पठाईने बताए। यसअघि पनि माघ २१ र चैत १७ मा औषधी खरिदका लागि आह्वान गरिएको टेण्डरमा बोलपत्रहरु प्रभावग्राही नदेखिएको भन्दै प्रक्रिया रद्द गरिएको थियो। मन्त्रालयले औषधी  र उपकरण खरीद गर्न आह्वान गरेको टेण्डर स्वीकृतिमा आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोप बहादुर विष्टले उजुरीका आधारमा छानविन भइरहेको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस