सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयद्वारा ९ महिनामा चार करोड खर्च

२०७६ जेठ १५, ०१:४१ रोशन भट्ट

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नौ महिनाको अवधीमा झण्डै चार करोड खर्च गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत सम्म मात्र चालु खर्च, पुँजीगत र मन्त्रीपरिषद् तर्फको सेवा सुविधा समेत गरेर नौँ महिनाको अवधिमा तीन करोड ९८ लाख ५१ हजार खर्च गरेको हो। सबै भन्दा बढी कार्यालय प्रयोजनमा झण्डै दुई करोड खर्च भएको हुँदा पँजीगततर्फ मात्र नौँ महिनाको अवधीमा ६५ लाख २६ हजार एक सय ८१ खर्च गरेको छ।

जसमा निर्मित भवनको संरचानात्मक सुधार शिर्षकमा २० लाख ७४ हजार, फर्निचर तथा फिक्चर्समा १५ लाख ७७ हजार, सवारी साधनमा १७ हजार पाँच सय र मेसिनरी तथा औजारमा १८ लाख ५६ हजार खर्च भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै ईन्धनमा २३ लाख ४० हजार, कर्मचारी पारिश्रमिक शिर्षकमा ६८ लाख २८ हजार, कर्मचारी बैठक भत्तामा पाँच लाख ५९ हजार पाँच सय, अनुगनमन मुल्याकनमा ५४ लाख, भ्रमणमा १३ लाख ५० हजार खर्च गरेको छ।ईन्धन अन्य शिर्षकमा एक लाख ८० हजार खर्च भएको छ।

अन्य विभिन्न शिर्षकमा नौँ महिनाको अवधिमा एक करोड ५४ लाख ६६ हजार खर्च गरिएको छ। यस्तै चालुतर्फ नै मन्त्रीपरिषद सेवा सुविधा तथा कार्यक्रम खर्च पनि डेढ करोड भएको छ। जसमा पारिश्रमिक पदाधिकारी शिर्षकमा ६९ लाख २४ हजार, अनुगमन मुल्याङ्कनमा २६ लाख ९० हजार, महंगी भत्तामा ३ लाख १० हजार, विविधमा पाँच लाख २६ हजार, ईन्धन पदाधिकारी भन्ने शिर्षकमा मात्र नौँ लाख ५६ हजार खर्च भएको देखिएको छ भने यी लयागत अन्य विभिन्न शिर्षक गरि जम्मा खर्च एक करोड ३७ लाख ७८ हजार खर्च भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस