सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्छ : देउवा

२०७६ जेठ १५, ०१:०५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरू गरेको आरोप लगाउंदै लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने बताएका छन। 

गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति वाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरू गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाइ गरेको पनि स्मरण गराए।
 

कमेन्ट लोड गर्नुस