सुदूर नेपाललाई विश्वसँग जोड्दै

चारवटा सवारीसाधन एकैठाउँमा ठोक्किँदा दुर्घटना, १ जनाको मृत्यु, २३ जना घाइते

२०८१ जेठ १४, ०५:५३ खबर संवाददाता

चितवनः चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हाम्रा चितवन सम्वाददाता राजेन्द्र आचार्यले जनाएका छन्। काठमाण्डौबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएको र उनिहरुको हालसम्म नाम थर र वतन खुल्न सकेको छैन। घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६–१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो। घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस