सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक घरमा दिउँसै चोरी

२०८१ जेठ १३, ०४:३९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–७ नमुना टोलको एक घरमा दिउँसै चोरी भएको छ। आइतवार दिउँसो तीन बजे स्थानीय वीरेन्द्रप्रसाद भट्टराईको घरमा चोर पसेको हो।

अन्दाजी ५० वर्षको जस्तो देखिने पुरूष घर भित्र पसेको सिसिटिभी फुटेजमा देखिएको छ। भारतीय नागरिकको जस्तो हुलिया भएको व्यक्तिले घरभित्र पसेर मोबाइल चोरी गरेको भट्टराईले बताएका छन्। भुइँ तलमा भाडामा दिएको कोठामा पसेर चोरले चार्जमा लगाएको मोबाइल लगेको भट्टराईले बताए।

दिउँसोको समयमा कोठामा बस्ने व्यक्ति धारामा लुगा धोइरहेको मौका छोपेर चोरले मोबाइल लगेको भट्टराईले बताए। घरमा मानिस हुँदाहुँदै चोरले मोबाइल चोरेको हो।  घरधनी भट्टराईले सिसिटिभी क्यामेरामा देखिएको फुटेजसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

कमेन्ट लोड गर्नुस