गोदावरीमा एक जना मृत अवस्थामा फेला
२०८१ जेठ १३, ०४:३३
धनगढीः कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
गोदावरी नगरपालिका–८ का ५५ वर्षीय नरबहादुर धामी मृत अवस्थामा फेला परेका छन्।
धामीलाई गोदावरी–८ को जमुनाभाडी स्थित मुख्य राजमार्गबाट अन्दाजी सात।आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ।
कमेन्ट लोड गर्नुस