सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपक्षी पार्टीद्वारा सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार

२०८१ जेठ १३, ०४:१७ खबर संवाददाता

धनगढीः प्रतिपक्ष दलहरूले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेका छन्।

आज (आइतवार) देखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रेशम पक्ष र राप्रपाले बहिष्कार गर्दै सभाबाट बाहिरिएका हुन्।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरूले विरोध जनाउँदै बाहिरिएका हुन्। विपक्षको उपस्थिति विना नै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस