सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका ७ स्थानबाट अबैध सामान बरामद

२०८१ जेठ १३, १२:३४ खबर संवाददाता

धनगढीः प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न ७ स्थानबाट अबैध सामान बरामद गरेको छ।

हिजो (शनिबार) कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका–३ मिलनचोक धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाटबाट करिब ७० हजार ६३० मूल्यको अबैध चिनी, दाल, सरफ, खानेतेल, चामल, खुर्सानी, पेय पदार्थ, सुर्ती, बिडी, बोरिङ पाइप प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरको विभिन्न चार स्थानबाट पनि प्रहरीले अबैध सामान नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवा जाने बाटो, बेलौरी नगरपालिका–२ दिनापुर र बैजुडाडा, दोधारा–चाँदनी नगरपालिका–३ जमुनाघाडी र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट प्रहरीले अबैध सामान नियन्त्रणमा लिएको हो।

करिब २ लाख ८५ हजार २७० मूल्यको पेय पदार्थ, बिडी, सुर्ती, चक्लेट, खेलौना, टि–सर्ट, कोटको कपडा, सर्टको कपडा, बेल्ट, कट्टु भेष्ट, गन्जी, कुर्ती, हाप पाइन्ट, नल्का, पंखा, लगायतका अबैध सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस