सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मनेहरामा ट्री गार्ड भाचेर मोटरसाइकल चालक फरार

२०८१ जेठ १३, ०९:१८ खबर संवाददाता

धनगढीः धनगढीको मनेहरामा ट्री गार्ड भाचेर मोटरसाइकल चालक फरार भएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर–७ मनेहरा स्थित मेन रोडको मिडियममा लगाएको ट्री गार्डलाई भाँचेर सुदूरपश्चिम प्रदेश ७८४१ नम्बरको मोटरसाइकल चालक भागेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

ट्री गार्ड भाँचेर फरार भएको मोटरसाइकललाई कसैले देखे वा सम्पर्कमा भए खबर गर्न उपमहानगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस