सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपा खोटाङको अध्यक्षमा निर्मल राई

२०८१ जेठ १३, ०७:५९ खबर संवाददाता

खोटाङः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन भएका छन्। जसपाको शनिवार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भेलाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल हुँदा उपाध्यक्ष रहेका राईलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

जसपाको जिल्ला भेलाले राईको नेतृत्वमा एक सय ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा वीरेन्द्र दर्नाल, सहसचिवमा टीकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन भएका हुन्। 

जिल्ला भेलामा केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सनबहादुर राई, सङ्घीय परिषद् सदस्य राकेश राई र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ रार्ईको उपस्थिति थियो। भेलाले अग्निप्रसाद राई, मुगाधन राई, डिल्लीराज राई, शान्ता राई, राजहरि राई, नगेन्द्रराज चाम्लिङ, देवराज राई, खड्गबहादुर राई, शिवकृष्ण राई, कम्पसेर राईलगायतलाई सदस्यमा चयन गरेको छ।

कमेन्ट लोड गर्नुस