सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोश्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सप्पन्न 

२०८१ जेठ १२, ०९:५४ खबर संवाददाता

धनगढीः स्वास्थ्यका लागि खेल; राष्ट्रका लागि खेल भन्ने मूल नाराकासाथ दोस्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता २०८१ विधिवत रुपल सम्ंपन्न भएको छ।

 जेष्ठ १० गते सुरु भएको प्रतियोगिता आज समापन भएको हो। विभिन्न तौल समूहका ३७ विद्यालयबाट १७९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम हुनेलाई चालीस हजार ट्रफीसहित प्रमाणपत्र, द्वितीय हुनेलाई  पच्चीस हजार र तृतीय स्थान हासिल गर्नेलाई पन्ध्र हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरेको छ भने बेस्ट फाइटर एक जनालाई नगर पाँच हजारसहित प्रमाणपत्र प्रदान गरेको छ।

यसैगरी बेस्ट रेफ्रीलाई पनि नगद पाँच हजारसहित प्रमाणपत्र प्रदान गरेकोे छ। प्रतियोगितामा प्रथम स्थान डोजाङ्ग सिद्धनाथ मा. वि जुगेडा–१२ , द्वितीय स्थान डोजाङ्ग भवानी मा. वि. मा . धनगढी ९ र  तृतीय स्थान हासिल गर्न डोजाङ्ग शारदा मा.वि. जुगेडा – १०  गरेका छन्।

बेस्ट प्लेयर विद्या भूषणका पुरुषतर्फ खेलाडी राजु ऐर र महिला तर्फ बेस्ट प्लेयर भवानी मा.वि. बाट वर्षा कोलीलाई नगद ५÷५ हजार प्रदान गरिएको छ। विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले तेस्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ मा विद्यालयको मात्र पूर्ण लगानी हुने बताए।
 

कमेन्ट लोड गर्नुस