सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बजार सरसफाई गर्न व्यावसायीलाई विद्यार्थीको पत्र

२०८१ जेठ १२, ०९:०८ खबर संवाददाता

 धनगढीः कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुले अत्तरिया बजार सरसफाईमा व्यवस्थापन गर्न पत्र वितरण गरेका छन्।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ‘मेरो नगर म आफै सफा गर्छु’ ‘सुन्दर नगर–हाम्रो कल्पना, तपाइको साथ–हाम्रो चाहना’ भन्ने नाराका साथ अत्तरिया बजारका व्यवसायीहरुलाई शनिवार सरसफाई सम्बन्धी ६ बुँदे पालन उल्लेख भएको पत्र वितरण गरेका हुन्। शनिवार सरसफाई व्यवस्थापन अभियानमा विद्यालयमा अध्यनरत कक्षा ७ र ९ कक्षाका विद्यार्थीहरु सहभागी भई वितरण गरेका थिए।

सरसफाई व्यवस्थापन अभियानमा सहभागी विद्यार्थीहरुले सरसफाई व्यवस्थापन पालना गर्नुपर्ने सम्बन्धी लेखिएको अत्तरिया बजारका व्यवसायीहरुलाई पत्र वितरण गरे सँगै पत्रमा ‘हामी दुर्गालक्ष्मी माध्यमिक विद्यालय अत्तरिया, कैलालीका विद्यार्थी हौं। हामी तपाईहरु सित केही सहयोग माग्न आएका छौं। आशा छ हामी तपाईहरुबाट पूर्णसाथ र सहयोग प्राप्त गर्नेछौं। यो अत्तरिया नगर देश भरि चिनिने नगर हो। यो नगर सुदूरपश्चिम प्रदेशको मुख्यद्वारका रुपमा चिनिने भएकोले र प्रदेशकी राजधानी भनेर चिनिने भएकाले पनि यो प्रसिद्ध छ। अत्तः यसलाई स्वच्छ, सफा र हराभरा राख्नु तपाई हामी सबैको दायित्व हो।

त्यसैले तपाई हामी मिलेर यसो गरौं। हामी हाम्रो नगर सधै सफा राख्न प्रतिबद्ध बनौं। आफ्नो घरआँगनको फोहरमैला आफै सफा गरौं। फोहोरमैलालाई बर्गीकरण गरेर व्यवस्थापन गरौं, सार्वजनिक फोहरमैला सामुहिक रुपले व्यवस्थापन गरौं, यो नगर मेरो हो भन्ने धारणा राखौं, आ–आफ्नो घर पसलको फोहर सुरक्षित राखौं भनेर लेखिएको उल्लेख गरेको थियो। पत्रमा विद्यार्थीहरुले अत्तरिया बजारका व्यवसायीहरुबाट सरसफाई व्यवस्थापन गर्ने समर्थन सँगै हस्ताक्षेर समेत गराएका थिए। 
 

कमेन्ट लोड गर्नुस