कैलालीमा १० लाख बढीको अवैध सामानसहित ट्याक्टर प्रहरीको नियन्त्रणमा

धनगढीः कैलालीका विभिन्न स्थानबाट प्रहरीले १० लाख बढीको भन्सार छलिको सामानसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी–७ मनेहरा स्थित पेट्रोल पम्प र गोदावरी नगरपालिका–४ गोदावरीबाट भन्सार छलि गरि ल्याएका सामान प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो।
अन्दाजी १० लाख १३ हजार २ सय मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर वेवारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामानसहित ट्याक्टरलाई भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



