कञ्चनपुरमा बालिका करणी आरोपमा एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा बालिका करणी आरोपमा एक जना पक्राउ परेका छन्।
१२ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा बेलौरी भकुण्डाका ६१ वर्षीया वृद्ध पक्राउ परेका हुन्। बालिका करणीविरुद्धमा उजुरी परेपछि बेलौरी नगरपालिका–५ भकुण्डाका रामज्ञान चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्धविरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए।

