सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट एकैदिन ११ लाख बढी सामान बरामद

२०८१ जेठ १२, ०८:०९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन ११ लाख ६१ हजार ९५६ मूल्य बढीको सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी उपमहानगरपालिका–७ मनेहरा पेट्रोल पम्प नजिक र गोदावरी नगरपालिका–४ गोदावरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० लाख १३ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कारकिल डाडा र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ४८ हजार ७५६ मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त स्थानबाट प्याज, चुरोट, सुर्ती, प्लाष्टिक जाली, बुफर र साउण्ड लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस