सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित अछामका एक युवक पक्राउ

२०८१ जेठ १२, ०७:२३ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित अछामका एक युवक पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अछामको साँफेबगर नगरपालिका-६ बस्ने २४ वर्षीय शंकर कुँवर शुक्रवार पक्राउ परेका हुन्। कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान–१ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस