सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अबैध काठ बरामद

२०८१ जेठ १२, ०७:१७ खबर संवाददाता

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ।

गौरीगंगा नगरपालिका-९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई छिपाई राखिएको सालको गोलिया थान–५ (५३.६८ क्युफिट) अबैध काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको उक्त काठ सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

कमेन्ट लोड गर्नुस