सुदूर नेपाललाई विश्वसँग जोड्दै

पपुवा न्युगिनीमा पहिरोमा परेर १०० जनाको मृत्यु भएको आशङ्का

२०८१ जेठ ११, ०९:१३ खबर संवाददाता

एजेन्सीः पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रवार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले जनाएको छ।

एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट छ सय किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो। स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ। पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म एकिन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन्।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भने, ‘मानिसहरू राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ। पूरै गाउँ नै पहिरोले पुरिएको छ।’ 
 

कमेन्ट लोड गर्नुस