सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई लाख बराबरको अवैध सामान बरामद

२०८१ जेठ ११, ०७:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट दुई लाख बराबरको अवैध सामान बरामद गरिएको छ।

शुक्रवार (आज) इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी ५२ हजार ३५६ मूल्य, अस्थायी प्रहरी बिट मझगाउँले ४० हजार मूल्यको अवैध सामान बरामद गरेको छ।

यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले अन्दाजी ५६ हजार चार सय र अस्थायी प्रहरी पोस्ट आईबीआरडीले ४४ हजार पाँच सयगरी अन्दाजी एक लाख ९३ हजार २५६ मूल्यको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गरेको दाल, मिस्रि, मटर, खुकुरी चुरोट, बिडी, तेल, सुर्ती लगाएतको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

कमेन्ट लोड गर्नुस