सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एकै दिन पाँच लाख बढीको  तस्करीको सामान बरामद

२०८१ जेठ ११, ०६:०० खबर संवाददाता

धनगढीः कैलालीबाट प्रहरीले एकै दिन पाँच लाख बढीको तस्करीको सामान बराद गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, धनगढी–४ बसपार्क, धनगढी–१९ फुलवारी, भजनी नगरपालिका–६ थापापुर, भजनी–८ खैराबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ।

यस्तै टीकापुर नगरपालिका–७ वैदी, गौरीगंगा नगरपालिका–४ खुरखुरिया, जोशिपुर गाउँपालिका–१ पिपलकोटी, जोशिपुर–४ बाणी, कैलारी गाउँपालिका–४ के गाउ, कैलारी–५ पबेराबाट भन्सार छलिका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

अन्दाजी ५ लाख ३४ हजार ६९० मुल्य बराबरको प्याज, चिनी, सुर्ती, बिडी, चियापत्ती, प्लाष्टिक झिल्ली, जिरा, पानीपुरी, कस्मेटिक सामान, कुर्ती, सुरवाल, सुटपिस, हार्डवेयरका सामान, मोटरसाईकल थान–१ लगायतका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो।
 

कमेन्ट लोड गर्नुस