सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका ५३ सांसदः को कति पढेका छन्? (हेर्नुस् सूचीसहित)

२०८१ जेठ ११, ०१:२५

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना सांसदले प्रतिनिधित्व गर्छन्। ३२ प्रत्यक्ष र २१ जना समानुपातिक सांसद हुन्।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको मुख्य काम भनेको कानुन निर्माण गर्नु हो। तर ती सांसदहरु कति पढेलेखेका छन् भन्ने आम चासो पनि छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने सामान्य लेखपढदेखि स्नाकोत्तरसम्म छन्। नेकपा एमालेबाट प्रदेश सभा सदस्य कोइलीदेबी चौधरी सामानुपातिक सांसद हुन। उनी अहिले उपसभामुख समेत हुन्। उनले सामान्य लेखपढ मात्र गरेकी छन्।

माओवादीबाट प्रदेश सभा सदस्य बनेका भीमबहादुर भण्डारी सभामुख र नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचित सांसद बहादुरसिंह थापाको शैक्षिक योग्यताको अभिलेख प्रदेश सभा सचिवालयमा छैन्। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले शिक्षाशास्त्रमा प्रमाणपत्र तहसम्म पढेका छन्। उनी अछाम–१ को (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद इन्दीरा गिरीको शैक्षिक योग्यता एसएलसी मात्र छ।

माओवादी केन्द्रबाट कञ्चनपुर–२ को १ बाट प्रत्यक्षमा प्रदेश सभा सदस्यमा निर्वाचित ओमविक्रम भाटले भने स्नातक गरेका छन्। नेपाली काँग्रेसबाट कैलाली–२ को १ बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद एवं पूर्वमुख्यमन्त्री कमलबहादुर शाहको भने शैक्षिक योग्यताको अभिलेख नै छैन्। नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्य कैलाश चौधरीले बीबीएस गरेका छन्। उनी कैलाली–१ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन।

माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य खगराज भट्टले आइएल गरेका छन्। उनी डडेल्धुरा–१ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन। त्यस्तै नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य खुसीराम डगौरा थारुले बीकमसम्म पढेका छन्। उनी कैलाली–३ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। राप्रपाबाट एक मात्र प्रदेश सभा सदस्य खेमादेवी विष्टको शैक्षिक योग्यताको अभिलेख छैन्। नेपाली काँग्रेसबाट सामानुपातिक सांसद गीताकुमारी चौधरीको पनि शैक्षिक योग्यताको अभिलेख छैन्।

माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सभा सदस्य गितादेबी मालले आइएड गरेकी छन्। नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य प्रकाशबहादुर बमको पनि शैक्षिक योग्यताको अभिलेख प्रदेश सभा सचिवालयमा छैन्। उनी कैलाली–४ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन। नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य घनश्याम चौधरीले भने एमए गरेका छन्। उनी कैलाली–३ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन।

एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य प्रकाश रावलले व्यवस्थापन विषयमा स्नातक गरेका छन्। उनी कञ्चनपुर–३ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। नेकपा एमाले बझाङ १ बाट प्रत्यक्ष प्रदेश सभामा निर्वाचित सदस्य दमनबहादुर भण्डारीको शैक्षिक योग्यताको अभिलेख छैन्। एमालेबाटै प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले भने एमए गरेका छन्। उनी डोटी–१ को १ बाट पत्यक्ष निर्वाचित सांसद हुन।

माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य रमेशसिंह धामीले राजनैतिक शास्त्रमा स्नातक गरेका छन्। उनी कैलाली–५ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन। नेपाली काँग्रेसबाट समानुपातिक सांसद डम्बरी महाराको शैक्षिक योग्यताको अभिलेख छैन्। नेपाली काँग्रेसबाटै दार्चुला–१ को १ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य विक्रमसिंह धामीको पनि शैक्षिक योग्यताको अभिलेख छैन्।

त्यस्तै नेकपा एमालेबाट प्रदेश सभा सदस्य राजेन्द्रसिंह रावल स्नातकसम्म पढेका छन्। उनी सामानुपातिक सांसद हुन। नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरीले स्नाकोत्तर गरेका छन्। उनी कैलाली–२ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन।
सुदूरपश्चिम प्रदेश सभामा एक मात्र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले भने पीएचडी गरेका छन्। उनी डडेल्धुरा–१ को २ बाट निर्वाचित प्रदेश सांसद हुन। एमालेबाट प्रदेश सभा सदस्य वीरबहादुर थापाले आइए गरेका छन्।

उनी कञ्चनपुर–१ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन। नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले आइएसम्म पढेका छन्। उनी प्रत्यक्ष निर्वाचित सांसद हुन। माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सभा सदस्य लक्ष्मी विकले स्नातक पास गरेकी छन्। नेपाली काँग्रेसबाट समानुपातिक प्रदेश सभा सदस्य तुलसी देवकोटाको शैक्षिक योग्यताको अभिलेख छैन्। नेपाली काँग्रेसबाटै समानुपातिक प्रदेश सभा सदस्य ललिता सुनारको पनि शैक्षिक योग्यताको अभिलेख छैन्।

एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य जानकी ऐर (बम)ले स्नातकसम्म पढेकी छन्। नेपाली काँग्रेसबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित शिवराज भट्टको शैक्षिक योग्यताको अभिलेख छैन्। नेपाली काँग्रेसबाटै प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित दिवानसिंह विष्टको शैशिक्षक योग्यताको अभिलेख पनि छैन्। नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य बेलबहादुर राना मगरको शैक्षिक योग्यताको अभिलेख राखिएको छैन्।

माओवादी केन्द्रबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित शिवसिंह ओलीले स्नातकसम्म पढेका छन्। नागरिक उन्मुक्तिबाट प्रदेश सभामा समानुपातिक सांसद टिका थापाले आफ्नो शैक्षिक योग्यता खुलाएकी छैनन्। एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले शिक्षा शास्त्रमा स्नातक गरेका छन्। उनी हाल मुख्यमन्त्री छन्। नेपाली काँग्रेसबाट समानुपातिक सांसद मधुदेवी भारतीको शैक्षिक योग्यताको अभिलेख छैन्।

त्यस्तै एकीकृत समाजवादीबाट समानुपातिक प्रदेश सभा सदस्य माया पन्तले १० कक्षासम्म पढेकी छन्। एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा (थापा) ले मानविकीमा प्रमाणपत्र तहसम्मको शिक्षा आर्जन गरेकी छन्। एमालेबाटै समानुपातिक प्रदेश सभा सदस्य धर्मराज पाठकले राजनीति शास्त्र र समाज शास्त्रबाट स्नातकोत्तर गरेका छन्। नेपाली काँग्रेसबाट समानुपातिक प्रदेश सभा सदस्य सरस्वती खड्काको शैक्षिक योग्यताको अभिलेख छैन्।

माओवादीबाट समानुपातिक प्रदेश सभा सदस्य जानकीदेवी कुँवरले एसइइसम्मको अध्ययन गरेकी छन्। एमालेबाट प्रत्यक्ष निर्वाचिन प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पालले प्ल टु सम्मको अध्ययन गरेका छन्। एकीकृत समाजवादीबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित नरेशकुमार शाहीको शैक्षिक योग्यताको अभिलेख छैन्। माओवादीबाटबाट प्रदेश सभा सदस्यमा निर्वाचित मानबहादुर धामीले राजनीति शास्त्रमा प्रमाणपत्र तहसम्मको अध्यक्ष गरेका छन्।

नेपाली काँग्रेसबाट समानुपातिक प्रदेश सभा सदस्य सुश्री जुनाकुमारी दानीको शैक्षिक योग्यताको अभिलेख छैन्। एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य निर्मलादेवी साउँद साक्षर मात्र हुन्। नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य मानवहादुर रावलको शैक्षिक योग्यताको अभिलेख छैन्। नेपाली काँग्रेसबाटै प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य पदमबहादुर शाहीको पनि शैक्षिक योग्यताको अभिलेख छैन्।

माओवादी केन्द्रबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित झपटबहादुर साउँदले प्रविणता प्रमाणपत्रसम्म अध्ययन गरेका छन्। नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य प्रकाशबहादर देउवाको शैक्षिक योग्यताको अभिलेख राखिएको छैन्। नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य मेघराज खड्काको पनि शैक्षिक योग्यताको अभिलेख छैन्। त्यस्तै एमालेबाट सामानुपातिक प्रदेश सभा सदस्य हिरा सार्कीले एसएलसी गरेका छन्।

कमेन्ट लोड गर्नुस