कञ्चनपुुरमा एक मदिरा फ्याक्ट्रीमा आगलागी हुदा ४० लाखको क्षति
२०८१ जेठ १०, ०५:२०
कञ्चनपुरः कञ्चनपुरमा रहेको एक मदिरा फ्याक्ट्रीमा आगलागी भएको छ।
जिल्लाको बेलौरी नगरपालिका–१० मा रहेको अमृत डिस्लरी मदिरा फ्याक्ट्रीमा बुधवार राति विद्युत सर्ट भई आगलागी भएको हो।
आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै कञ्चनपुरमा गएराती एक कपास उद्योेगमा पनि आगलागी भएको थियो।
कमेन्ट लोड गर्नुस