सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीता एयरको विमानले ठक्कर दिँदा कर्मचारी घाइते

२०८१ जेठ १०, ०२:३२

धनगढी : सीता एयरको विमानले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन्। रारा विमानस्थलमा विमानले ठक्कर दिँदा कर्मचारी घाइते भएका हुन्।

नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल पुगेको सीता एयरको टुइनेटर विमानको ठक्करबाट उक्त जहाजकै स्टेसन प्रमुख धिरेन्द्र भाम घाइते भएको छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार एयरपोर्टमा जहाज उडानको संकेत गराइरहेका भामलाई चालकले बोलाएपछि जहाज तर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले भामलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको हो।

उनलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगन्ज लगिएको छ।

 

कमेन्ट लोड गर्नुस