सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कपास उद्योगमा आगलागी

२०८१ जेठ १०, १०:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा कपास उद्योगमा आगलागी भएको छ।

कञ्चनपुरको भीमदत्त.नगरपालिका-६ नौलाखेत खैरानी चौराहा स्थीत भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने जगत सापकोटाले संचालन गरेको काठ, जस्ता र फलामबाट निर्मित सिद्दनाथ कपास उद्योगमा बिद्युतको तार सट भएर आगलागी भएको हो।

आगलागी हुँदा सिरक, डस्ना, कम्मल र मेसिन लगायतका समान गरी अन्दाजी ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस