सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, ८ जना घाईते

२०७६ जेठ १४, ०७:१२ खबर संवाददाता

डोटीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ४ रेडियो नेपालको क्षेत्रीय प्रशारण नजिक दुर्घटना हुँदा ८ जना घाईते भएका हुन्। से २ त ३३२ नम्वरको ट्याक्टर पल्टिएको डोटी प्रहरीले जनाएको छ।

दिपायलबाट डडेल्धुराको कोरालखोला तर्फ जन्ती बोकेर गएको ट्याक्टर दुर्घटना भएको हो। घाईते ८ जनाको सुजङ अस्पतालमा उपचार भईरहेको छ। घाईते मध्ये २ जना गम्भिर रहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस