सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार दोषी पक्राउ

२०८१ जेठ १०, ०७:२५ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा १० हजार जरिवाना ठहर भएका जानकी गाउँपालिका–३ बस्ने २७ वर्षीय राजेश शाह र चेक अनादर मुद्दामा ६ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय भरत खाती पक्राउ परेका हुन्। यी दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस