सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी प्रदेशमा आज चट्याङसहित हल्का वर्षा 

२०८१ जेठ १०, ०५:५७ खबर संवाददाता

धनगढीः स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज देशका केही स्थानमा वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कमेन्ट लोड गर्नुस