सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिदाको समयमा सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय

२०८१ जेठ ९, ०७:१० रासस

कैलालीः प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले शनिबारलगायत अन्य बिदाको दिनमा पनि बिरामीको उपचार दिन थालेको छ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विषेशज्ञ डाक्टर रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचार गर्न आउने बिरामीलाई लगातार सेवा दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बिदाको दिन उपचार सुरु गरेको जानकारी दिए। ‘अहिले गर्मी याम छ। बिरामको लगातार उपचार गर्नुपर्ने हुन्छ, उनले भने। डाक्टर  ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा जडीबुटी प्रशोधन गरी औषधि बनाउन उपकरण जडान भइरहेको बताए। सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा आयुर्वेदको क्षेत्रमा पछाडि परेको उनको भनाइ थियो। 

उन्नाइस हजारको उपचार 

प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिना सम्ममा १९ हजार ६ सय बिरामीको उपचार गरेको छ। प्रादेशिक आयुर्वेद चिकित्सालयका डाक्टर दुर्गाप्रसाद ढुङ्गानाका अनुसार उपचार गर्न आउनेमा ११ हजार १२ महिला तथा आठ हजार १७ पुरुष रहेका छन्।पाँच हजार ६ सय ३४ महिला र चार हजार तीन बिरामीले बाथरोग तथा नशासम्बन्धी उपचार गराएका छन् आर्थिक वर्ष २०७९/८० मा २९ हजार सात सय ४७ बिरामीले विभिन्न रोगको उपचार गराएका छन्।

सुदूरपश्चिम प्रदेशका नौमध्ये सात जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एउटा अञ्चल आयुर्वेद, ३३ औषधालय र ३० नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन।
 

कमेन्ट लोड गर्नुस